एसेस सिरिज : चौथो टेष्टमा अष्ट्रेलिया र इंग्ल्याण्डको रोमाञ्चक बराबरी – Nepal Press

एसेस सिरिज : चौथो टेष्टमा अष्ट्रेलिया र इंग्ल्याण्डको रोमाञ्चक बराबरी

काठमाडौं । एसेस सिरिजमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेष्ट नाटकीय बराबरीमा सकिएको छ ।

सिड्नि क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ८८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले पाँचौं दिनको समाप्तिमा ९ विकेट गुमार २ सय ७० रन जोडेपछि खेल बराबरीमा टुङगिएको हो ।

अन्तिम एक विकेट लिन नसक्दा अस्ट्रेलियाले ५ खेलको सिरिजमा ४–०को अग्रता बनाउने मौका खेर फाल्यो । इग्ल्याण्डका लागि जाक क्राओलीले सर्वाधिक ७७ र बेन स्ट्रोकले ६० रन जोडे ।

अष्ट्रेलियाको बलिङमा स्टक बोलान्डले सर्वाधिक ३ विकेट लिए । यस्तै, नाथान लायन र प्याट कुमिन्सले समान २ विकेट लिए ।

यस अघि उसमान खवाजाले १ सय ३७ रन प्रहार गरेपछि ८ विकेटको क्षतिमा ४ सय १६ रन जोड्दै अष्ट्रेलियाले पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

इंग्ल्यान्डका स्टुआर्ड ब्रोर्डले सर्वाधिक ५ विकेट लिएका थिए । जवाफमा इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएको थियो । इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १३ रनको योगदान गरेका थिए ।

अष्ट्रेलियाका स्कट बोलान्डले सर्वाधिक ४ विकेट लिएका थिए । अष्ट्रेलियाले दोस्रो इनिङ्स भने ६ विकेट गुमाउदै २ सय ६५ रनमा समाप्तीको घोषणा गरेको थियो ।

इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक ४ विकेट तथा मार्क उडले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर