एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत, अरु पदमा चुनावको तयारी – Nepal Press

एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत, अरु पदमा चुनावको तयारी

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

आठौ‌ जिल्ला अधिवेशनको तेस्रो दिन अध्यक्षका दुई दाबेदार प्रेम तामाङ र झम्क कडेलले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत भएका हुन् ।

सातौं जिल्ला अधिवेशनबाट सचिव निर्वाचित भएका श्रेष्ठ गत वर्ष नेकपा विभाजनका बेला तत्कालीन अध्यक्ष र सचिव प्रचण्ड–माधव समूहमा लागेपछि अन्तरिम अवधिका लागि अध्यक्ष बनेका थिए । उनको ठाउँमा पुरुषोत्तम कडरिया सचिव बनेर करीव ९ महिना पार्टी सञ्चालन गरेका थिए ।

१० बुँदे सहमतिपछि शान्ति पौडेल अध्यक्षमा पुनर्वहाली भएका कारण श्रेष्ठ सचिव बनेका थिए । विद्यार्थी राजनीतिबाट आएका श्रेष्ठ नेपाल कमर्स क्याम्पस मीन भवनका पूर्व सभापति समेत हुन् ।

अध्यक्षमा सहमति भएपनि अन्य पदाधिकारीमा भने चुनाव हुने देखिएको छ । मन्थली, लिखु तामाकोशी र खाडादेवी बाहेक अन्य पालिकाबाट प्रतिनिधित्व गर्ने सदस्य भने सर्वसम्मत भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर