मदिरा खाएर मानव अधिकार टोलीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी – Nepal Press

मदिरा खाएर मानव अधिकार टोलीलाई दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

मानव अधिकार उल्लंघनको अध्ययन एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी दिएको हो ।

शनिबार बिहान गाउँपालिका अध्यक्षको घरमा पुग्दा उनले मादक पदार्थ सेवन गरेको र आयोगको टोलीलाई गालीगलौज, दुर्व्यवहार गर्दै अश्लील शब्दको प्रयोग गरेपछि प्रहरी चौकी हुक्नाजोर, फाक्टाङमा उजुरी दिइएको हो ।

शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै आयोगले गाउँपालिका अध्यक्षमाथि आवश्यक कारबाही गरी यस्ता घट्ना दोहोरिन नदिने अवस्था सिर्जना गर्न प्रहरीसमक्ष अनुरोध गरेको छ ।

खोटाङका डीएसपी उमेश लम्सालले गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीचौकीमा निवेदन परेको बताए । उनकाअनुसार घटनाको विषयमा विस्तृत जानकारी लिने काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर