मेगा बैंकको सीईओ अनुपमालाई बेस्ट फिमेल अवार्ड – Nepal Press

मेगा बैंकको सीईओ अनुपमालाई बेस्ट फिमेल अवार्ड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् ।

प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।

सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले ‘बैंक अफ दी एयर अवार्ड २०१९’ प्राप्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर