दार्चुला एमाले उपाध्यक्षमा बुढाथोकी निर्विरोध, अध्यक्षमा ४ जनाको उम्मेदवारी – Nepal Press

दार्चुला एमाले उपाध्यक्षमा बुढाथोकी निर्विरोध, अध्यक्षमा ४ जनाको उम्मेदवारी

कैलाली । नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी उपाध्यक्षमा चरनसिंह बुढाथोकी निर्विरोध चयन भएका छन् ।

एमाले दार्चुलाको आठाैं जिल्ला अधिवेशनबाट बुढाथोकी निर्विराेध भएका हुन् । उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो ।

अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रेमसिंह धामी, ज्ञानेन्द्र बन्जी, उदय बडाल,मोहनसिंह धामीले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवकाे प्रतिस्पर्धामा गङ्गादत्त जोशी, टेकसिंह धामी, नारायणदत्त भट्ट र लक्ष्मी जोशी छन् । उपसचिवमा चन्द्रा कुँवर, धनबहादुर कुँवर, उमेश जोशी र खडक बडाल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर