एमाले नवलपरासी अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित – Nepal Press

एमाले नवलपरासी अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित

रूपन्देही । नेकपा एमाले पश्चिम नवलरासीको अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी थानप्रसाद गैरेलाई पराजित गरेका हुन् ।

अधिकारीले ३३३ मत ल्याए भने गैरेले १८५ मत मात्र ल्याउन सके । उपाध्यक्षमा डोलराज भण्डारी ३५३ मतसहित निर्वाचित भएका छन । उपाध्यक्षका प्रतिस्पर्धी लेखनाथ खरेलले १४१ मत मात्र ल्याउन सके ।

सचिवमा धिरज शर्मा विजयी भएका छन् । उनी ३५९ मतका साथ विजयी भएका हुन् । शर्माका प्रतिस्पर्धी सुभाष जिसीले १५१ मत मात्र ल्याए ।

त्यस्तैगरी उपसचिवमा रिङकला यादव ३३३ मत र राजन कुमार आचार्य २६९ मतका साथ विजयी भएका हन् । पदाधिकारीका सबै पदमा निर्वाचन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर