एमाले कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा निर्वाचित – Nepal Press

एमाले कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा निर्वाचित

रूपन्देही । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मतसहित निर्वाचित भए। थारुले ३ सय ४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरेका थिए ।

सचिवमा भने विश्व कार्की निर्वाचित भएका छन् । उनले सिवि गहतराजलाई ५ मतले पराजित गरेका हुन् । कार्कीले १ सय ७९ मत प्राप्त गरे भने गहतराजले १ सय ७४ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गरेका थिए ।

उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी भएका छन् । केसीले १ सय ३१ मत प्राप्त गरे भने आचार्यले ६१ मत प्राप्त गरेका थिए । पराजित तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत मात्र प्राप्त गरेका थिए।

यसअघि २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकाेमा चुनावी प्रक्रियाबाट अध्यक्ष निर्वाचित हुने उनी पहिलाे बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर