एमाले अधिवेशन- अधिकांश जिल्लामा आज मतदान हुँदै, यी हुन् सर्वसम्मत् अध्यक्ष (सूचीसहित) – Nepal Press

एमाले अधिवेशन- अधिकांश जिल्लामा आज मतदान हुँदै, यी हुन् सर्वसम्मत् अध्यक्ष (सूचीसहित)

काठमाडाैं । देशको प्रमुख पार्टी नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

धेरै जिल्लामा नेतृत्वकाे आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिएकाे छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला छोडेर एमालेले शुक्रबार ६१ जिल्लाको अधिवेशन गरेको थियो । अहिलेसम्म सर्वसमत् नेतृत्व चयन भएका २२ मध्ये लुम्बनी प्रदेशमा मात्र ७ जिल्ला छन् ।

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

प्रदेश १

१ः झापा- दीपक कार्की

२ः मोरङ- ऋषिकेश पोखरेल

३: खोटाङ – रामप्रसाद दंगाल

४: धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१: सप्तरी- ताराकान्त चौधरी

वागमती

१ः धादिङ- भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३ः भक्तपुर- बचन देउजा

४: रसुवा- कर्णेल तामाङ

गण्डकी

१ः गोरखा- प्रेम गुरुङ

२: तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा- धनेन्द्रराज घिमिरे

२ः गुल्मी- बालकृष्ण काउछा मगर

३ः अर्घाखाची- पिताम्बर भुसाल

४ः बाँके- किस्मत कुमार कक्षपती

५ः बर्दिया- लालबहादुर श्रेष्ठ

६ः दाङ- हुकुमबहादुर बस्नेत

७: रुपन्देही- तेजेन्द्र केसी

८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१ः डोल्पा- शेरबहादुर बुढा

२ः सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२: पेशागत विशेष- उमेश ढकाल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर