कैलालीमा एमाले अध्यक्ष र उपाध्यक्ष नै प्यानलसहित चुनावी मैदानमा – Nepal Press

कैलालीमा एमाले अध्यक्ष र उपाध्यक्ष नै प्यानलसहित चुनावी मैदानमा

कैलाली । कैलालीमा एमालेको लागि उम्मेदवार प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । सहमती नभएपछि वर्तमान अध्यक्ष रतन थापा र वर्तमान उपाध्यक्ष रणबहादुर चन्द मैदानमा उत्रिएका हुन् ।

थापाको टिमामा दुर्गा जोशी, सचिवमा दलबहादुर बिक उप सचीवमा प्रेम चौधरी र मदन राज ओझा छन् ।

चन्द प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी उपसचिवका उम्मेद्धार भएका छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको छ ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर