बागमती प्रदेशले बढायो ट्याक्सी भाडा, ६० रुपैयाँबाट मिटर सुरु – Nepal Press

बागमती प्रदेशले बढायो ट्याक्सी भाडा, ६० रुपैयाँबाट मिटर सुरु

काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी भाडा समायोजन गर्ने निर्णय गरेको छ ।

ट्याक्सी सेवाको भाडादर समायोजन गरेको सरकारले उपत्यकाभित्र पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निर्णय गरेको छ ।

सुरुको एक किलोमिटर पछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ ।

भाडादर समायोजनपछि ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने सर्त पनि राखिएको छ ।

सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा प्रयोग भएको भिजिटिङ कार्ड उपलब्ध गराउन पनि भनेको छ ।

ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रयायकले सुरक्षित राखेर प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरि लैङ्गिक विभेदरहित सेवाग्राही मैत्री व्यवहार गर्न पनि भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *