एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्तावित – Nepal Press

एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्तावित

रुपन्देही । नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले नयाँ नेतृत्वका लागि अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको नाम सिफारिस गरेका छन् ।

अध्यक्ष मण्डलका तर्फबाट तेजेन्द्र केसी अध्यक्ष, जागेश्वरी चौधरी उपाध्यक्ष, यज्ञ गैरे सचिव, चित्रबहादुर कार्की र हितराज पन्थीलाई सहसचिवमा प्रस्ताव गरिएको छ ।

अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गरेका थिए ।

प्रस्तावित नाममा चित्त नबुझेको खण्डमा मतदानमा जाने गरि निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । आज बेलुकी उम्मेदवारी दर्ता गरेर भोलि ८ बजेदेखि मतदानको प्रक्रिया सुरु गर्नेगरी तयारी भएको अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिए ।

अध्यक्ष मण्डल, हलले केसीको नाम प्रस्ताव गरेपनि अध्यक्षका आकांक्षी पुरुषोतम घिमिरेको पनि उम्मेदारी परेकाले औपचारिक टुंगोमा पुग्ननसकेको प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरीले बताए । अध्यक्ष मण्डलले १ सय ५१ जना जिल्ला कमिटीको नाम प्रस्ताव गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर