एमाले काभ्रेको अध्यक्षमा अशोक व्यञ्जु सर्वसम्मत, माओवादीबाट आएकी रिता उपसचिव निर्विरोध – Nepal Press

एमाले काभ्रेको अध्यक्षमा अशोक व्यञ्जु सर्वसम्मत, माओवादीबाट आएकी रिता उपसचिव निर्विरोध

काठमाडौं । नेकपा एमाले काभ्रेको जिल्ला अध्यक्षमा अशोक व्यञ्जु निर्विरोध निर्वाचित भएका छन् ।

धुलिखेल नगरपालिकाका मेयर समेत रहेका व्यञ्जु आज आज जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् । उनी नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

नेकपा विभाजन हुँदा उनी तत्कालिन समयमा केपी शर्मा ओली पक्षबाट अध्यक्ष बनेका थिए । एमाले विभाजनपछि पनि साविक अध्यक्ष टोपबहादुर वाइवा नेकपा एसतर्फ लागेपछि उनी नै अध्यक्ष थिए ।

यस्तै जिल्ला कमिटीको उपसचिवमा रिता ढकाल निर्विरोध चयन भएकी छन् । ढकाल तत्कालिन समयमा माओवादीबाट मण्डनदेउपुर नगरपालिकाको मेयरको उम्मेदवार थिइन् ।

नेकपा विभाजनपछि उनी माओवादी नफर्केर एमालेमा नै रहेकी थिइन् । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर