अलावालेको ह्याट्रिकसँगै च्यासलविरूद्ध मनाङको सहज जित – Nepal Press

अलावालेको ह्याट्रिकसँगै च्यासलविरूद्ध मनाङको सहज जित

काठमाडौं । ओलावाले आफिजको ह्याट्रिकप्रेरित मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालामा पोखरामा शनिबार भएको खेलमा मनाङका लागि जित ओलावाले सँगै दिनेश राजवंशी र ओलुवाम्नी एडेलाजा सोमिडेले समान एक गोल गरे ।

खेल सुरूभएको तीन मिनेट नबित्दै एडलेजाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

यस्तै, ४३औं मिनेटमा ओलावालेले मनाङको अग्रता दोब्बर पारे ।

च्यासलविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएको मनाङका लागि ८६औं मिनेटमा दिनेश राजवंशीले तेस्रो गोल गरेका थिए ।

च्यासलमाथि हावि भएको मनाङका लागि दोस्रो हाफको इन्जुरि समयमा अमेलावाले ले दुईगोल गर्दै ह्याट्रिक पूरा गर्दै ५(०ले टोलीको जित सुनिश्चित गरे ।

जितसँगै ८ खेलबाट १९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। पराजित च्यासल समान ८ खेलबाट ५ अंक जोड्दै रेलिगेसन जोनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर