टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि – Nepal Press

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

काठमाडौं । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको छ ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित गर्‍यो ।

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक योगदान गरे । मनीष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

त्यसवापत उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्वपूर्ण रह्यो ।

तीन क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै टाइम्स उपाधि चुम्न सफल भयो । टाइम्स पहिलोमा १४–१६, दोश्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेश्रो क्वाटरमा २६–१४ को अग्रता लिदै टाइम्सले उपाधि सुनिश्चित गर्‍यो । उपाधिसंगै टाइम्सले १ लाख नगद पुरस्कार प्रापत गर्नेछ। यस्तै, उपविजेता रोयलले ५० हजार नगद पुरस्कार प्रापत गर्‍यो ।

टाइम्सले समूह चरणका खेलमा कीर्तिपुर, बीएमके र गोल्डेनगेट तथा सेमिफाइनलमा गोड्सलाई हराएको थियो । गोड्स, स्कल एकेडेमी र क्याम्पियनलाई लिगमा पन्छाएको रोयलले सेमिफाइनलमा गोल्डेनगेटलाई पराजित गरेको थियो

पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर