यी हुन् ओमिक्रोन लहरले प्रभावित मुलुकहरु : अमेरिकी प्रशासन संरचना कमजोर हुन थाल्यो – Nepal Press

यी हुन् ओमिक्रोन लहरले प्रभावित मुलुकहरु : अमेरिकी प्रशासन संरचना कमजोर हुन थाल्यो

काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वभर पुनः संक्रमण तीव्ररुपमा फैलाएको छ । युरोप र अमेरिकापछि अब एसियामा समेत संक्रमणको गति तीव्र बनेको छ ।

पछिल्लो २४ घण्टामा संसारभर २६.९६ लाख नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा ६ हजार ३६९ मानिसको मृत्यु भएको छ ।

शुक्रबार अमेरिकामा ८.४९ लाख संक्रमित थपिएका छन् । फ्रान्समा ३.२८ लाख, बेलायतमा १.७८ लाख, भारतमा १.४१ लाख, स्पेनमा १.१५ लाख, अर्जेन्टिनामा १.१० लाख र इटालीमा १.०८ लाख संक्रमित पुष्टि भएका छन् ।

अहिलेसम्म विश्वभर ३०.३७ करोड संक्रमित पुष्टि भएका छन् । २५.८२ करोड निको भएका छन् । ४ करोड सक्रिय संक्रमित छन् भने ५४.९७ लाख मानिसको मृत्यु भएको छ ।

अमेरिकाका एक स्वास्थ्य विज्ञले फेब्रुअरीमा तेस्रो लहर आउने अनुमान गरेका छन् । इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभालुएसनका निर्देशक डा. क्रिस्टोफर मरेले फेब्रुअरीमा दैनिक ५ लाखसम्म भारतमा संक्रमित हुने प्रक्षेपण गरेका छन् ।

अमेरिकामा पछिल्ला दिनमा दैनिक ७ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । न्यूयोर्क टाइम्सका एक विवरणका अनुसार कोरोना तथा ओमिक्रोनको कारण अमेरिकी प्रशासनिक संरचना अब कमजोर हुन थालेको छ । प्रहरी, अग्निरक्षक, बस चालक र अन्य सार्वजनिक सेवाको कार्यहरु प्रभावित हुन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर