इनर्वाबाट कुर्थासम्म रेल सररर…(भिडिओ) – Nepal Press

इनर्वाबाट कुर्थासम्म रेल सररर…(भिडिओ)

जनकपुरधाम । धनुषाको इनर्वामा थन्काएर राखेको १६ महिनापछि आज रेलको परीक्षण गरिएको छ । आज विहान इनर्वा स्टेशनबाट जनकपुरको कुर्थासम्म रेलको परीक्षण गरिएको हो ।

१६ महिनादेखि थन्केको रेलको पार्टपूर्जामा खिया लाग्न थालेपछि परीक्षण गरिएको हो । रेल जनकपुरधाम आइपुग्दा सेल्फी लिनेहरुको भिड नै लागेको थियो ।

लामो समयदेखि थन्केकाले अवस्था बुझ्न आज रेलको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । भारतबाट १४ जना प्राविधिक ल्याएर रेलको परीक्षण गरेको उनले बताए ।

परीक्षण गरेर रेल पुनः इनर्वा स्टेशनमै लगेर राख्ने महाप्रबन्धक झाले जानकारी दिए । रेलमा केहि गडबडी देखिए मर्मतका लागि आवश्यक प्रक्रिया सुरु गर्ने पनि उनले बताए ।

सरकारले भारतबाट खरिद गरेको दुई सेट रेल ०७७ असोज २ मा जनकपुरधाम ल्याएको थियो । तर सञ्चालनको तयारी नपुगेकाले त्रिपाल ओढाएर रेल इनर्वा स्टेशनमा थन्काइयो । रेल सञ्चालनको मिति अझै तय भइसकेको छैन ।

सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा रेल खरिद गरेको १६ महिना वितेपनि सञ्चालनमा ल्याउन खासै चासो देखाएका छैन । रेल सञ्चालनमा ल्याउन जनकपुर र कुर्थाका बासिन्दा पटक पटक आन्दोलन समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर