एमाले सुनसरीमा जुटेन सहमति : अन्तिम प्रतिस्पर्धामा भण्डारी र पोखरेलको सम्भावना – Nepal Press

एमाले सुनसरीमा जुटेन सहमति : अन्तिम प्रतिस्पर्धामा भण्डारी र पोखरेलको सम्भावना

इटहरी । शुक्रबारबाट सुरु भएको नेकपा (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशनको नेतृत्व चयनमा सहमति जुट्न सकेको छैन् ।

जिल्ला सदरमुकाम इनरुवामा जारी अधिवेशनमा अध्यक्षका चारजना दावेदावर देखिएका छन् । वर्तमान अध्यक्ष खेम पोखरेल, पूर्व एमाले अध्यक्षद्वय रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले पनि आकांक्षा देखाएका छन् । यस्तै नेता रामप्रसाद चौलागाईंले पनि अध्यक्षमा दावी गरेका छन् ।

नेताहरुका अनुसार अहिले चारजनाले दावी गरेपनि अन्तिम प्रतिस्पर्धामा भने भण्डारी र पोखरेल रहने सम्भावना बढी छ । आजसम्म सहमति नजुटेमा भोलिसम्ममा चुनाव हुने सम्भावना रहेको एमाले सुनसरीका नेता जिबी गजलले बताए ।

उनले भने, ‘आज मनोनयन गर्दासम्म्मै सहमति हुनसक्छ । नभए चुनाव हुन्छ ।’

झन्डै २२ सय प्रतिनिधिहरु सहभागी एमाले सुनसरीको जिल्ला अधिवेशनमा चौधरी र चौलागाईले अन्तिममा पोखरेललाई समर्थन गर्ने सम्भावना रहेको नेताहरु बताउँछन । तर, हालसम्म सार्वजनिक रुपमा भने चौधरी र चौलागाईंले अध्यक्ष छाड्न आफूहरु तयार भएको भने बताएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर