ओलीमाथि नेपालको गाली– विचरा बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस् (भिडिओ) – Nepal Press

ओलीमाथि नेपालको गाली– विचरा बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस् (भिडिओ)

‘ओलीले प्रचण्डको पिठ्युँलाई सिँढी बनाएर अग्लो बन्ने उद्देश्यले पार्टी एकता गरेका थिए’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

ओलीलाई गाली गर्ने क्रममा उनले शब्दका बौछार नै चलाइरहेका छन् ।

शनिवार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा ओलीलाई भुक्ने कुकुरको संज्ञा दिदै कोही डाक्टर भए उनको उपचार गर्न सुझाव समेत दिए । ओली दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छे भएको उनको आरोप थियो ।

नेपालले भने– बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन । विचराको त्यो हालत,बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने । कोही डाक्टर हनुुहुन्छ भने उपचार गर्दिनुस् ।

ओलीलाई आफ्ना पूराना नेता कार्यकर्ताभन्दा राप्रपा र महन्थ ठाकुरहरु प्यारा लागेको टिप्पणी गरे । उनले ओलीमाथि गालीका कुनै शब्द बाँकी राखेनन् ।

प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेर अग्लो बन्ने योजना अनुसार ओलीले नेकपा एकता गरेको समेत नेपालले आरोप लगाए ।

उनले भने– कमरेड प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ,प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेर अग्लो हुने योजना रहेछ । पार्टी एकतापछि उनले पार्टीलाई हेप्न थाले । बैठक नै नगर्ने,छलफल नगर्ने र भाग्ने गर्न थाले । हामीमाथि अपमान गरे ।


प्रतिक्रिया

One thought on “ओलीमाथि नेपालको गाली– विचरा बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस् (भिडिओ)

  1. हो हो सबभन्दा होचो भएर काँग्रेस र माओवादीको हात समाउनु नै राम्रो हो । २०६६ मा गिरिजाको हात समातेर प्रधानमन्त्री बन्‍न पाएका थियौ, अहिले देउवाको हात पाएर केही थान मन्त्री पाएका छौ र नाक घिरौँला जस्तो बनाएका छौ । २०६३ मा काँग्रेस फुटेको बेला पनि अन्तरिम व्यवस्थापिकाको ३३० सिटमा काँग्रेसको षडषन्त्रमा माओवादीसँग बराबर हुने गरी ८३ सिटमा ‘मऽऽऽऽऽ समन्वयकारी हुँऽऽऽऽऽऽऽ’, भनेर सहमत भई एमालेका कार्यकर्ताको मनोबल गिराउने र पार्टीको अधोगति सुरु गर्ने काम गरेका थियौ । ओलीले आफ्नै आत्मविश्वासको कुरा गरेको तिमीलाई देखिसक्नु भएन । हात समात्ने र देउवाले गठबन्धन हुन्छ भनेपछि ढुक्क भइयो भन्‍ने हदको पराश्रित राजनीति गर्दा नै ठिक छ तिमीलाई त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर