मोहन वैद्यको पार्टीबाट निर्वाचित एकमात्र वडाध्यक्षसहित सिंगो कमिटी एमालेमा समाहित (माइन्युटसहित) – Nepal Press

मोहन वैद्यको पार्टीबाट निर्वाचित एकमात्र वडाध्यक्षसहित सिंगो कमिटी एमालेमा समाहित (माइन्युटसहित)

बनेपा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निर्वाचित एकमात्र वडाध्यक्षसहित रोशी गाउँपालिका वडा नम्बर ४ का सबै नेता कार्यकर्ता कमिटी बैठकबाट निर्णय गरेरै एमालेमा समाहित भएका छन् ।

गत स्थानीय निर्वाचनमा वैद्य नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चाबाट चुनाव लडेर वडाध्यक्ष जितेका तेजवहादुर राना मगर र महिला वडा सदस्य गोपीमाया थापा मगरसहितका ७६ जना नेता कार्यकर्ता शुक्रवार एमाले प्रवेश गरेका हुन् ।

वडाध्यक्षसहित नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । उनीहरुले पुस १० गते गाउँ कमिटीको भेला आयोजना गरेर एमालेमा प्रवेश गर्ने सामुहिक निर्णय लिएका थिए ।

बैठकले एमालेमा सामहित हुने निर्णयसँगै क्रान्तिकारी माओवादीका काभ्रे जिल्ला सदस्य ज्ञानवहादुर राना मगर र आशिष राना मगरलाई एमालेको जिल्ला कमिटीमा समायोजन गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।

शुक्रवारै रोशी गाउँपालिका वडा नम्बर १ र ३ बाट निर्वाचित राप्रपाका वडाध्यक्षहरु श्रीनिवास लामा र धनजीत लामा पनि एमालेमा प्रवेश गरेका थिए । उनीहरुसँगै राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामासहितको जिल्ला समिति एमालेमा समाहित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर