‘ए’ डिभिजन लिगः एपीएफ र जावलाखेलको गोलरहित बराबरी – Nepal Press

‘ए’ डिभिजन लिगः एपीएफ र जावलाखेलको गोलरहित बराबरी

काठमाडौं । नेपाल एपीएफ क्लब र जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको आठौं चरणको दास्रो खेलमा औसत प्रदर्शन गरेका दुवै टोलीले निर्धारित समयसम्म पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् ।

जावलाखेलले २०औं मिनेटमा अग्रता लिने मौका गुमाएको थियो । मिडफिल्ड निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

यस्तै,अन्गुना जुनियरले ४०औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एपिएफले स्कोर गर्ने राम्रो मौका गुमायो । मणि कुमार लामाले फ्रिककमार्फत गरेको प्रहार फ्रेममा परेन ।

खेलको ६२औं मिनेटमा जावलाखेलका लागि सुनिलको क्रसमा निकालोस फर्नान्डेजको हडर क्रसबार माथिबाट बाहिरियो ।

यस्तै, दुवै टोलीले निर्धारित समयसम्म पनि थुपै गोल गर्ने मौका हरुलाई सदुपयोग गर्न सकेनन् ८४औं मिनेटमा मिडफिल्डर मणि कुमार लामाले कर्नरमार्फत गरेको क्रसमा नविनलामाको ब्याकपासमा राजन गुरुङले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले पन्चआउट गर्दै उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको इन्जुरी समयमा एपीएफका कप्तान नबिन लामाले फ्रिकिक मार्फत गरेको प्रहार जालाखेलका गोलकिपरले बचाए ।

बराबरीसँगै एपीएफ आठ खेलबाट ७ अंकसहित तालिकाको १०औं स्थानमा छ । यस्तै, जावलाखेल समान खेलबाट ८ अंकसहित नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर