कौटिन्हो एष्टन भिल्लामा अनुबन्ध – Nepal Press

कौटिन्हो एष्टन भिल्लामा अनुबन्ध

काठमाडौं । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्हो इङ्लिस क्लब एष्टन भिल्लामा अनुबन्ध भएका छन् ।

एष्टन भिल्लाले कौटिन्होलाई यस सिजनको अन्त्यसम्म लोनमा अनुबन्ध गरेको हो । एष्टन भिल्लाले दुई पक्षबीचको सम्झैता स्थाई हुनसक्ने विकल्प रहेको बताएको छ । यससँगै २९ वर्षे कौटिन्होले लिभरपुलका सहकर्मी स्टेभन जोरार्डको प्रशिक्षणमा खेल्ने भएका छन् ।

‘‘एष्टन भिल्ला र बार्सिलोनाबीच कौटिन्होले बाँकी सिजन भिल्ला पार्कमा खेल्ने सहमति भएको छ,’’ एष्टन भिल्लाका अनुसार, ‘‘कौटिन्होको मेडिकल र वर्क परिमिटको प्रक्रिया पूरा हुन बाँकी छ । उनी आगामी ४८ घण्टामा बर्मिङघम आइपुग्नेछन् ।’’

जेरार्डले पूर्व सहकर्मी कौटिन्होलाई ‘विशेष फुटबलर’का रुपमा प्रशंसा गरेका थिए । कौटिन्होले लिभरपुलबाट १५२ खेलमा ४१ गोल गरेका छन् । उनी २०१३ मा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका थिए ।

कौटिन्होले यसअघि प्रिमियर लिगको क्लब लिभरपुलमा ६ वर्ष विताएका थिए । उनी लिभरपुलबाट २०१८ मा १४ करोड २० लाख पाउण्डमा बार्सिलोना गएका थिए । तर अपेक्षाकृत प्रभाव छाड्न असफल भए ।

उनीमाथि प्रिमियर लिगकै आर्सनल, एभर्टन, न्युक्यासल युनाइटेड र टोटनहमले पनि चासो देखाएका थिए ।

कौटिन्होले बार्सिलोनाबाट १०६ खेलमा २६ गोल गरेका थिए । बार्सिलोनासँगको सम्झैता सकिन अझै १८ महिना बाँकी छ । कौटिन्हो २०१९/२० को सिजन पनि लोनमा बायर्न म्युनिख गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर