महालक्ष्मी विकास बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट – Nepal Press

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक रामनन्दनप्रसाद चौधरी र बैंकका बसुन्धारा शाखा प्रमुख विकास देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर, स्क्यान पे, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेले ईशान बाल तथा महिला अस्पतालमा ओपीडी टिकट, ल्याब सेवा, भिडियो एक्स-रे सेवा, इको, ईसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर