बुद्धिजिवीले नीतिमा ध्यान दिएनन् भनेको सुन्छु, एमालेको दस्तावेज अध्ययन गरुन् : ओली (भिडिओ) – Nepal Press

बुद्धिजिवीले नीतिमा ध्यान दिएनन् भनेको सुन्छु, एमालेको दस्तावेज अध्ययन गरुन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाविधेशनमा नीतिमाथि छलफल नभएको भन्ने कुरा गलत भएको बताएका छन् । महाधिवेशनका कर्मकाण्डमात्रै पूरा गरेको भन्ने भनाइ सही नभएको भन्दै ओलीले दस्तावेज पढेर कमजोरी औंल्याउनसमेत आग्रह गरे ।

‘कतिपय बुद्धिजिवीले लेखेको देख्छु, चर्चा गरेको सुन्छु कसैले पनि नीतिमा ध्यान दिएनन्, महाधिवेशन गरे, कर्मकाण्ड गरे तर नीति अगाडि सारेनन्,’ शुक्रबार एमालेको देशव्यापी जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘हाम्रा दस्तावेजहरू हेर्न म अरुलाई पनि आग्रह गर्न चाहन्छु । दस्तावेज छलफल गर्न र ती दस्तावेजहरूमाथि यदि कहीँ कमजोरी भने टिकाटिप्पणी गर्न म आग्रह गर्न चहन्छु ।’

ओलीले हरेक सवालमा एमालेको नीति सर्वश्रेष्ठ भएको समेत दाबी गरे। ‘कहीँ कमजोरी देखाइदिनुभयो भने हामी धन्यावाद दिनेछौं,’ उनले भने, ‘लोकतन्त्रको सवालमा । समाजिक न्यायाको सवालमा, अग्रगमन, सामाजिक सुरक्षाको सवालमा अथवा अन्य पक्षमा हाम्रा नीतिहरूमा कमजोरी छन् भने ती देखाइदिन आग्रह गर्न चाहन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर