शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङका विद्यालय माघ ३ गतेसम्म बन्द – Nepal Press

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङका विद्यालय माघ ३ गतेसम्म बन्द

तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो ।

सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

मंगलबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको बैठकमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर