एनएमबी बैंकको साधारण सभाले पास गर्‍यो बोनस – Nepal Press

एनएमबी बैंकको साधारण सभाले पास गर्‍यो बोनस

काठमाडौं । एनएमबी बैंकको २६ औं बार्षिक साधारण सभा मार्फत लाभांस पारित गरेको छ । साधारण सभाबाट आर्थिक २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ ।

साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रुपैयाँ रहेको छ ।

एनएमबी बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर