एनआरएनएको केन्द्रीय समितिको बैठक बस्दै : महाधिवेशन र चुनाब प्रमुख एजेन्डा – Nepal Press

एनआरएनएको केन्द्रीय समितिको बैठक बस्दै : महाधिवेशन र चुनाब प्रमुख एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोे ८१ औं बैठक आउँदो साता बस्ने भएको छ । महासचिव हेमराज शर्माका अनुसार जनवरी १५ का दिन नेपाली समय अनुसार दिउँसो दुई बजे बैठक बस्न लागेको हो ।

बैठकमा दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डाको रुपमा छन् । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ ।

केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी बद्री केसी, रविना थापा र कूल आचार्यबीच पटक–पटक औपचारिक र अनौपचारिक बैठक सम्पन्न भएका छन् ।

संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर