पर्यटन प्राधिकरण गठनमा ढिलाइ हुँदा ३ दर्जन समिति कामविहीन (सूचीसहित) – Nepal Press

पर्यटन प्राधिकरण गठनमा ढिलाइ हुँदा ३ दर्जन समिति कामविहीन (सूचीसहित)

काठमाडौं । पर्यटन क्षेत्रको दिगो प्रवर्द्धन र विकास गर्न छुट्टै पर्यटन प्राधिकरण गठनको माग भए पनि सरकारले चासो दिइरहेको छैन । पर्यटन व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटरै प्रधिकरण गठन गरी एकद्वार प्रणालीबाट पर्यटन प्रवर्द्धन गर्न माग गरेका थिए ।

पर्यटन क्षेत्रसँग आवद्ध होटल एशोसिएसन नेपाल, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल, टुर, ट्राभलसम्वद्ध गरी सात वटा संस्थाहरुले संयुक्त रुपमा प्राधिकरण गठन गरेर दिगो र एकद्वार प्रणालीबाट प्रवर्द्धन गर्न प्रधानमन्त्री देउवासमक्ष माग गरेको तर सुनुवाई नभएको होटल एशोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले बताए ।

सरकार, पर्यटन मन्त्री र कर्मचारी पटकपटक परिर्वतन हुने समस्याले पर्यटनसँग सम्वन्धित विषयवस्तु प्रत्येकलाई बुझाउनु पर्ने र विश्वास दिलाउनु पर्ने झन्झटले व्यवसायीहरु दिक्क र निरास बन्ने गरेको भन्दै प्राधिकरण गठनको विकल्प नभएको उनकाृे भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्षले करिव तीन दर्जन भन्दा बढी समितिहरु गठन गरे पनि समन्वयको अभावमा कामविहीन जस्तै बनेका छन् । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रको प्रवर्द्धनमा यी समितिहरुले ठोस योजना बनाउन नसकेको व्यवसायीको गुनासो छ । प्राधिकरण गठन भए एकद्वार प्रणालीबाट योजनाबद्ध रुपमा काम अघि वढाउन सहयोग पुग्ने व्यवसायी बताउँछन् ।

मन्त्रालयद्वारा गठिन समितिहरुले पर्यटन प्रवद्र्धनका कुनै योजनाहरु ल्याउन सकेका पाइँदैन । देशभरका पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न भन्दै मन्त्रालयले स्थानीयहरुको सहभागिता रहने गरी समितिहरु गठन गरेको गर्दै आएको छ । तर कोरोना महामारीले तहसनहस भएको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न समितिहरुले कुनै ठोस काम गर्न नसकेको र कार्यकर्ता भर्तीमा मात्र सीमित हुने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका महासचिव सरिता लामाको आरोप छ ।

पशुपति क्षेत्र विकास कोष, लुम्विनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हनुमानढोका दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डले समेत बृहत्तर योजनाहरु ल्याउन नसकेको भन्दै समितिहरुलाई मन्त्रालयले निर्देशनसँगै प्रवर्द्धनका कार्यक्रमहरु दिनुपर्ने उनको सुझाव छ ।

प्रधानमन्त्री समक्ष व्यवसायीहरुले बुझाएका मागहरु मन्त्रालयसम्म आइ नपुगेको र प्राधिकरण गठनबारे कुनै काम अघि बड्न नसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले बताए । कोरोना महामारीले पर्यटनसँग सम्वन्धित मन्त्रालय अन्तर्गत २६ वटा विकास समिति र पर्यटन समिति सबैको आम्दानी घटेकाले थप कार्यक्रमहरु गर्न नसकेको पाण्डेले बताए । क्षमता अनुसारका नयाँ योजनाहरु तयगरी प्रवर्द्धनका कार्यहरु गर्न निर्देशन दिएको उनले बताए । स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर भए पनि पर्यटन प्रवर्द्धनमा योजनाहरु बनाउन जरुरी भएकाले मन्त्रालयले निर्देशन बाहेक ठोस योजना बनाउन नसकेको जनाएको छ ।

यता व्यवसायीहरुले भने ठोस योजना र निश्चित तोकिएका कार्यक्रमहरु समेत मन्त्रीदेखि कर्मचारी परिर्वतन हुदाँ प्रभावित बन्ने गरेको भन्दै प्राधिकरण गठन गर्न माग गरेको नेपाल नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए ।

मन्त्रालयको निर्देशन बमोजिम संघले पनि प्रवर्द्धनका कार्यक्रमहरु बनाउन सुरु गरेको र सबै विकास समितिहरु सक्रिय भएर लागेमात्र पर्यटन क्षेत्रलाई पुरानै स्थितिमा फर्काउन सकिने उनले बताए ।

दुई वर्षअघि सरकारले एक सयवटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरेको थियो । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मानेर पर्यटकको संख्या २० लाख पुर्‍याउने लक्ष राखे पनि कोरोना महामारीका कारण भ्रमण वर्ष सफल हुन सकेन

पर्यटन प्रवर्द्धनका लागि बनाइएका योजनाविहीन समितिहरु-

१. नेपाल पर्यटन तथा होटल व्यवस्थापन समिति
२. पर्वतीय प्रशिक्षण विकास समिति
३. नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति
४. खप्तड क्षेत्र पर्यटन विकास समिति सिलगुढी डोटी,
५. रुरु–रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति तम्घास गुल्मी,
६. विदेह–मिथिला क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति पिडारीचोक, जनकपुर,
७. चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति नेपालगञ्ज,
८. लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति भैरहवा
९. सिम्रौनगढ क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति विरगञ्ज,
१०. विराट क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जनकपुर,
११. कर्णाली क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जुम्ला,
१२. सलहेश क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जनकपुर ,
१३. मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति इलाम,
१४. पाथीभरा क्षेत्र विकास समिति पाथीभरा, ताप्लेजुङ,
१५. बराह क्षेत्र विकास समिति चतराधाम, सुनसरी,
१६. हलेसी महादेवस्थान विकास समिति हलेसी, खोटाङ,
१७. हनुमानढोका दरवार संग्रहालय विकास समिति बसन्तपुर,
१८. बुढानिलकण्ठ क्षेत्र विकास समिति बुढानिलकण्ठ, काठमाडौ ।
१९. बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध,
२०. पाटन संग्रहालय विकास समिति पाटन,
२१. देवघाट क्षेत्र विकास समिति देवघाट, तनहुँ,
२२. भानुजन्मस्थल विकास समिति रम्घा, तनहुँ,
२३. बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समिति,
२४. राष्ट्रिय ताल संरक्षण विकास समिति,
२५. तारागाउँ विकास समिति बबरमहल, काठमाडौं
२६. पशुपति क्षेत्र विकास कोष,
२७. लुम्विनी विकास कोष,
२८. बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्,
२९. नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,
३०. नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,
३१. राष्ट्रिय संग्रहालय छाउनी,
३२. सांस्कृतिक संस्थान र
३३. नेपाल पर्यटन बोर्ड

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर