प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता : कोरोनाको सम्भावित तेस्रो लहर रोकथामबारे छलफल – Nepal Press

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता : कोरोनाको सम्भावित तेस्रो लहर रोकथामबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

नियमित भनिएको यस भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले उक्त भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको जानकारी दिए ।

उनका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी दिएका थिए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर