नेपाली समकक्षीसँग भारतीय विदेशमन्त्रीको संवाद : कोभिड महामारीविरुद्ध सहकार्यबारे छलफल – Nepal Press

नेपाली समकक्षीसँग भारतीय विदेशमन्त्रीको संवाद : कोभिड महामारीविरुद्ध सहकार्यबारे छलफल

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली समकक्षी नारायण खड्काबीच आज टेलिफोन संवाद भएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुई समकक्षीबीचको संवादमा नयाँवर्ष सन् २०२२ को बधाइ आदानप्रदानसहित द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

जयशंकरको ट्वीटमा उल्लेख छ : हामीले धेरै क्षेत्रमा हुन सक्ने सम्भावित सहकार्यबारे कुरा गरेका छौं । विकास साझेदारिता र कोभिड महामारीमा भएको सहकार्य उल्लेखनीय छ । हाम्रो सहायतालाई थप विस्तार गर्नेबारे हामीले छलफल गरेका छौं ।’

भारतीय विदेशमन्त्रीले नयाँवर्षको शुभकामना दिन भन्दै बिमस्टेकसहितका मुलुकका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । बुधबार उनले अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँग पनि संवाद गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर