बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु – Nepal Press

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी- ४ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घाँस काट्न अन्य दुई महिलासँगै जंगल गएकी ५२ वर्षीया महिलाको बाघले आक्रमण गरी लगेको थियो ।

प्रहरी, स्थानीयबासीले खोज्दै जाँदा केही पर उनको शव भेटिएको हो । प्रहरीले दुई राउण्ड गोली चलाएपछि बाघ शव छाडेर भागेको थियो ।

राप्तीसोनारीको सामुदायिक वनमा बाघको चहलपहल बढेपछि स्थानीयबासी त्रसित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर