प्रधानमन्त्री कप क्रिकेट पुस २६ देखि, टी–२० फर्म्याटमा हुने – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट पुस २६ देखि, टी–२० फर्म्याटमा हुने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि सुरु हुने भएको छ ।

बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता २६ पुसबाट सुरु हुने बताएको हो । क्यानका अनुसार प्रतियोगिता टी–२० फम्यार्टमा हुनेछ । यसअघिका संस्करण एकदिवसीय फर्म्याटमा हुने गरेका थिए ।

आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारिका लागि प्रतियोगिताको फर्म्याट परिवर्तन गरिएको क्यानले जनाएको छ ।

समूह ‘ए’ र ‘बी’ मा तीन विभागिय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ । माघ ५ गतेसम्म हुने प्रतियोगिता त्रिवि क्रिकेट मैदान र मुलपानि मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर