कजाकिस्तानमा संकट : दर्जनौं प्रदर्शनकारी मारिए, हजारभन्दा बढी घाइते – Nepal Press

कजाकिस्तानमा संकट : दर्जनौं प्रदर्शनकारी मारिए, हजारभन्दा बढी घाइते

काठमाडौं । कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरुलाई मारिएका प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।

हिजो राती चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् ।

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका थिए । मध्यएसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका थिए ।

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

यसैबीच, कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर