हिन्द-प्रशान्तमा चीनलाई रोक्न जापान र अष्ट्रेलियाबीच प्रतिरक्षा सन्धिमा हस्ताक्षर – Nepal Press

हिन्द-प्रशान्तमा चीनलाई रोक्न जापान र अष्ट्रेलियाबीच प्रतिरक्षा सन्धिमा हस्ताक्षर

टोकियो । हिन्द-प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैनिक र आर्थिक प्रभावका बीच अष्ट्रेलिया र जापानले बिहीवार ऐतिहासिक प्रतिरक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले सन्धिले हिन्द-प्रशान्त क्षेत्रलाई अझै स्थिर र सुरक्षित तुल्याउने बताएका छन् । बिहीबार भर्चुअल माध्यममार्फत मरिसन र जापानी समकक्षी फुमियो किसिदाले सन्धिमा हस्ताक्षर गरेका हुन् ।

रेसिप्रोकल एक्सिस एग्रिमेन्ट (आरएए) बताइएको यो सहमति जापानले अहिलेसम्म गरेको दोस्रो प्रकारको सन्धि भएको जनाइएको छ । सन् १९६० मा जापानले अमेरिकासँग यस्तो खाले सन्धि ंगरेको थियो ।

अष्ट्रेलियाली प्रधानमन्त्री मरिसनले आरएए सन्धिपछि जापान र अष्ट्रेलियाले अहिले भोगिरहेको अनिश्चितताको अन्त्य हुने बताएका छन् । सन्धिले अष्ट्रेलियाली प्रतिरक्षा शक्ति र जापानी आत्मरक्षा शक्तिबीच घनिभूत सहकार्य हुने अलजजिराले जनाएको छ ।

जापानको क्योदो समाचार संस्थाका अनुसार सन्धिपछि दुबै मुलुकले संयुुक्त सैन्य अभ्यास गर्ने, दुबै मुलुकका सैनिकको द्रुत परिचालन, हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने तथा संयुक्त तालिम र प्राकृतिक विपतको कार्यमा सहकार्य गर्नेछन् ।

सन्धिपछि जापानी प्रधानमन्त्री किसिदले सन्धिले दुई मुलुकबीचको प्रतिरक्षा सहकार्यलाई नयाँ उचाइमा लैजाने बताए । विश्लेषकहरु जापान र अष्ट्रेलियाको सहमतीको उद्देश्य चिनियाँ प्रभावलाई रोक्नु रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर