सिन्धुपाल्चोक एमाले उपसचिवमा सापकोटाको दाबी – Nepal Press

सिन्धुपाल्चोक एमाले उपसचिवमा सापकोटाको दाबी

पार्टी सर्कुलर विधानविपरीतभएको तर्क

काठमाडौं । शुक्रबार हुने नेकपा एमाले सिन्धुपाल्चोकको अधिवेशनमा युवा नेता शिवहरी सापकोटाले उपसचिवमा उम्मेदवारी घोषणा गरेका छन् । उनले उपसचिवमा आफ्नो शक्तिशाली दाबी रहेको बताए । यसअघि युवा संघको केन्द्रीय सदस्य भइसकेको र सो ओहोदा जिल्ला कमिटी सदस्य सरह नै हुने एवं सम्पर्क मञ्चको अध्यक्षमा ६ वर्ष काम गरिसकेकाले जिल्ला उपसचिवमा स्वभाविक दाबी भएको उनको तर्क छ ।

काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चको सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका सापकोटा यसअघि स्वभाविकरुपमा जिल्ला कमिटीका पदेन सदस्य थिए । उनी यसअघि जिल्ला कमिटी सदस्यमा मनोनीत पनि भएका थिए । ‘पार्टीले हिजो जारी गरेको सर्कुलर चाहिँ बरु विधानविपरीत छ’, सापकोटाले भने, ‘सर्कुलरले तोकेको मापदण्डअनुसार नै पनि मेरो दाबी स्वभाविक छ ।’

उनले २०६२–६३को जनआन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्वसमेत गरेका थिए ।

सापकोटासँगै जिल्ला उपसचिवमा बाह्रविसे नागरपालिकाकी उपप्रमुख शुशीला पाख्रिन, अर्जुन भण्डारीलगायतको नाम चर्चामा छ । सिन्धुपाल्चोकमा एमाले अध्यक्षका लागि अहिलेका सचिव कमल नेपाल, केदार क्षेत्री, बालकृष्ण देउजा र होमनारायण श्रेष्ठले दाबी गरिरहेका छन् ।

त्यस्तै सचिवमा जेपी सिलवाल, टासी लामा, विष्णुमणि आचार्यलगायतको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर