अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द – Nepal Press

अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

काठमाडौं । कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (मा‌ओवादी केन्द्र) को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।

लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रण भएको बताइको छ ।

अर्का कार्यालय सचिव श्रीराम ढकाल र आइटी प्रमुख शिव खकुरेललाई मात्रै संक्रमण नभएको बताइएको छ ।

केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर