सहायक सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारीको जिम्मेवारी, यी हुन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित) – Nepal Press
मन्त्रिपरिषद् निर्णय

सहायक सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारीको जिम्मेवारी, यी हुन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले गृहमन्त्रालयको लागु औषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन  गृह मन्त्रालयकाे शाखा प्रमुख र सबै जिल्लाका एक एक सहायक प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए । गृह मन्त्रालयकाे लागु औषध नियन्त्रण शाखा प्रमुख अहिले उपसचिव गाेर्कण उपाध्याय रहेका छन् ।

जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर