कोरोनाको जोखिमका कारण प्रचण्डले आजबाट प्रत्यक्ष बधाई ग्रहण नगर्ने – Nepal Press

कोरोनाको जोखिमका कारण प्रचण्डले आजबाट प्रत्यक्ष बधाई ग्रहण नगर्ने

काठमाडौं । नेकपा माओवादीका अध्यक्षमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले कोरोनाका कारण भौतिकरूपमा बधाई तथा शु्भकामना ग्रहण गर्ने काम रोकेका छन् ।

प्रचण्डको स्वकीय सचिवालयका अनुसार काठमाडौंका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको सुझावलाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो ।

सचिवालयका तर्फबाट जारी गरिएको वक्तव्यमा पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गरिनेछ । कतिपय संवाद भेटघाट बैठक र छलफललाई प्रविधिको प्रयोगबाट सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यालयका कतिपय जिम्मवार व्यक्तिलाई समेत कोभिड संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

‘कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर