सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइतेको लगत संकलनको अन्तिम मौका – Nepal Press

सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइतेको लगत संकलनको अन्तिम मौका

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र द्वन्द्व र जनआन्दोलनको क्रममा घाइते भइ अपांगता भएका व्यक्तिहरुको पहिचानका लागि अन्तिम मौका दिएको छ ।

बुधबार सूचना प्रकाशन गर्दै मन्त्रालयले घाइते अपांगता पहिचान र त्यसको प्रतिशत निर्धारण तथा पुनरावलोकनका लागि तीन महिना समय सीमा दिएको हो ।

यसअघि सरकारले विभिन्न समयमा ‘सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधनसहित) कार्यविधि, २०७४’ अनुसार ‘द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ गठन गरेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनमा नाम समावेश भइ घाइते अपांगता प्रतिशत निर्धारण नभएकाहरू र घाइते अपांगता प्रतिशत हेरफेर भए पुनरावलोकन गर्न सूचित गरेको छ । घाइतेहरूका लागि अन्तिम मौका दिँदै मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा तीन महिनाभित्र निवेदन पेस गर्न सार्वजनिकरूपमा आव्हान गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर