दलीय अधिवेशनमा रुपान्तरणको रटान र पट्यारलाग्दो व्यवहार – Nepal Press

दलीय अधिवेशनमा रुपान्तरणको रटान र पट्यारलाग्दो व्यवहार

अहिले देशमा राजनीतिक दलहरुको महाधिवेशनको सिजन चलेको छ । महाधिवेशन सम्पन्न भइसकेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा सबैमा उठेको सबैभन्दा ठूलो सवाल हो– रुपान्तरण । तर, के हो वास्तविक रुपान्तरण ? रुपान्तरण भाषणमा कि व्यवहारमा ? बुझ्न जरुरी छ ।

अन्तरनिहीत चेतनाका कारण मानिस अरु प्राणीभन्दा फरक हो । चेतनाले गर्दा मानिसले अग्रगामी निकासको परिकल्पना गर्न सक्छ र विश्वमा जति पनि विकास भएको छ, त्यो मानवमा निहीत चेतनाकै कारण भएको हो । मानिसको चेतना विकासलाई सिकाइले निर्धारण गर्छ । र यसको व्यवस्थित रुप हो– शिक्षा । समाजमा भएका हरेक घटना–परिघटनाबाट पाठ सिक्दै, सिकेका सीप, ज्ञानलाई व्यवहारमा उतार्दै जानु नै रुपान्तरणको प्रक्रिया हो । यस सम्बन्धमा पष्टालोजी र हाबर्ट स्पेन्सर जस्ता विद्घानहरुले सिकाइलाई प्राकृतिक स्वभाव भनेका छन् ।

यसको उद्देश्य नयाँ मूल्य, मान्यताको खोजी गर्नसक्ने नागरिकसहितको एक असल समाज निर्माण गर्नु हो । यहीं उद्देश्य प्राप्त गर्न अहिले हरेक दलमा रुपान्तरणको बहस पेचिलो भएको छ ।

तर रुपान्तरणको प्रकृया व्यवहारबाट सुरु गर्ने कि भाषण मात्रै गर्ने भन्ने प्रश्नको जवाफ खोजेको पाइँदैन । रुपान्तरण भाषण गरेर र संविधानमा लेखेर मात्रै हुँदैन, मनमस्तिष्कमा हुन जरुरी छ ।

यस सम्बन्धमा अमेरिकी समाजमा प्रयोग गरिएको एउटा रुपान्तरणको सफल अभ्यास छ, जुन रोचक छ र यस प्रकार छ–

२०औँ शताब्दिको सुरुवातमा चर्चित मार्केटिङ रणनीतिकार क्लाउडे सि हाप्किन्सलाई भेट्न उनका पुराना साथी दन्तमन्जन (पेप्सोडेण्ट)सम्बन्धी आइडिया लिएर गएछन् । तर हाप्किन्सले त्यो आइडिया आंशिकरुपमा मात्रै स्वीकारे । किनकी अमेरिकी समाज दाँत माझ्नुको फाइदाबारे जानकार भए पनि प्रायः अमेरिकनहरु दाँत माझ्दैनथे ।

र, तत्कालीन अनुसन्धानबाट पनि मानिसले दीर्घकालीन फाइदाका लागि आफ्ना व्यवहार तत्कालै बदलिहाल्दैन भन्ने निष्कर्ष त्यतिबेला चर्चामा थियो । त्यसपछि उनले दीर्घकालीन फाइदालाई अल्पकालीन फाइदासँग जोड्ने प्रयत्न गरे ।

यसको उद्देश्य नयाँ मूल्य, मान्यताको खोजी गर्नसक्ने नागरिकसहितको एक असल समाज निर्माण गर्नु हो । यहीं उद्देश्य प्राप्त गर्न अहिले हरेक दलमा रुपान्तरणको बहस पेचिलो भएको छ ।

उनले त्यसका लागि दुईवटा रणनीति अख्तियार गरे । पहिलो– उनले जिब्रोले दाँत चलाउन लगाएर दाँत नमाझेर बनेको तह महसुस गर्न भने । र, मानिसको मुस्कान राम्रो नहुनुको कारण त्यहीं हो भनेर व्याख्या गरे । आखिरमा को चाहिँ नराम्रो बन्न चाहन्थ्यो र ? त्यसपछि मान्छेले राम्रो मुस्कानको निम्ति दाँत माझ्न थाले ।

दोस्रो– उनले पेप्सोडेण्टमा त्यस्तो पदार्थको प्रयोग गर्न भने, जसले मानिसलाई दाँत माझेपछि मुखमा फरक अनुभुति दिलाओस् । त्यसपछि मानिसले नयाँ पदार्थसहितको पेप्सोडेण्टले नयाँ अनुभुतिका लागि दाँत माझ्न थाले ।

जब उनीहरुले तुरुन्तै मुखमा केही फरक महसुुस गरे र आफू राम्रो देखिएकोे ठाने, तब दाँत माझ्ने यो प्रकृयालाई नियमित व्यवहार बनाउन थाले । परिणामतः केही वर्षमा नै दाँत माझ्ने आँकडा ७ प्रतिशतबाट बढेर ६५ प्रतिशतमा पुग्यो ।

त्यस्तै चाल्र्स डुइग्गले आफ्नो ‘द पावर अफ हृयाबिट’ पुस्तकमा ‘अधिकांश मानिसले दीर्घकालीन फाइदाका लागि आफूलाई परिवर्तन गर्न सक्दैनन् । परिवर्तनका लागि अल्पकालीन फाइदा महत्वपूर्ण हुन्छ’ भन्ने उल्लेख छ । आफूले गरेका कामको इनाम छिट्टै पाइहालियोस् भन्ने मान्छेको प्राकृतिक स्वभाव हो । त्यसैले अब हामीले समाज परिवर्तनका निम्ति दीर्घकालीन योजनालाई अल्पकालीन सफलतासँग कसरी जोड्ने भन्ने उपाय ठम्याउन सक्नु पर्दछ ।

यसो भयो भने हाम्रा नेता एवं शासकहरु आफ्ना शैली र व्यवहार रुपान्तरण गर्नतर्फ लाग्ने छन् । आज राजनैतिक संरचना बदलियो तर व्यवहार उस्तै छ । अर्थात् व्यवहारमा हामी रुपान्तरण हुन सकेनौं । समाज परिवर्तनका निम्ति संरचना मात्र बदलिएर केही नहुने रहेछ । हाम्रो नीति, नियत र व्यवहार पनि बदलिनु पर्छ भन्ने पुष्टि भएको छ ।

भर्खरै इजिप्टको साम एलसँइख सहरमा भएको भ्रष्टचार विरुद्धको सयुंक्त राष्ट्र संघीय पक्ष राष्ट्रको नवौं सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले समाजको स्थायित्व र सुरक्षामा ल्याउने चुनौती र खतराप्रति नेपाल चिन्तित रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

यसबाट सुशासन र समृद्धि दिन्छौं भनेर ल्याएको लोकतान्त्रिक शासन प्रणालीअन्तर्गत लोकतान्त्रिक नेताहरुकै सरकार हुँदा भ्रष्टाचारको चुनौती देखिनु रुपान्तरणकै अभाव हो । कुनै पनि देशमा शासन प्रणाली जे सुकै भए पनि त्यसको सफलता र असफलताको मापन जनताको अवस्थाले गर्छ । रुपान्तरणको मानकले गर्छ ।

जनताको अवस्थामा परिवर्तन ल्याउनेभन्दा राज्यसत्ताको दोहन गर्नेमा नै राजनैतिक दल केन्द्रित भएका छन् । यसको पछिल्लो उदाहरण हो– नयाँ सविधान निर्माणपछि बनेको करिब दुईतिहाइ बहुमतको सरकारले पूर्ण कार्यकाल काम गर्न नपाउनु । हरेक संसदीय मुलुकमा चुनावी जनादेशमार्फत प्राप्त आवधिक जिम्मेवारी पूरा गर्न पाउनु राजनैतिक दलको अधिकार नै हो । तर त्यो अधिकारमाथि अतिक्रमण गरियो ।

नियन्त्रित अस्थिरता चाहने वैदेशिक शक्तिहरुको इच्छा पूरा गरिदिने काम भयो र सरकार गिराइयो । यस राजनैतिक परिघटनाले मुलुक र जनताका अगाडि देशलाई अघि बढ्न नदिने यथास्थितिवादी र पश्चगामी अभियानमा लागेकाहरुको अनुहार प्रष्ट पारेको छ । देशलाई अगाडि बढाउने अभियान चलाइरहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध लागेका पाँच दलीय गठबन्धनले सहमति र एकताबाट मुलुक समृद्ध बनाउनसक्ने कुरामा विश्वास गरेनन् । पाँच दलीय गठबन्धन अस्वस्थ प्रतिस्पर्धामा रमाउन पुग्यो ।

अहिले देश र जनताको निम्ति केही नयाँ रचनात्मक कार्य गर्नुभन्दा अघिल्लो सरकारले थालनी गरेका विकास निर्माण र पूर्वाधारका काम भत्काउँदै जाने काम भइरहेको छ । प्रदेश सरकारले मन्त्रालय थपेर बाँडीचुडी खाने काम गरिरहेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्ने भनेर आएको परमादेश सरकारले नै दल फुटाउन केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए पुग्ने अध्यादेश ल्याएर दलगत राजनैतिक मान्यतालाई कमजोर पार्यो ।

जनताको अवस्थामा परिवर्तन ल्याउनेभन्दा राज्यसत्ताको दोहन गर्नेमा नै राजनैतिक दल केन्द्रित भएका छन् । यसको पछिल्लो उदाहरण हो– नयाँ सविधान निर्माणपछि बनेको करिब दुईतिहाइ बहुमतको सरकारले पूर्ण कार्यकाल काम गर्न नपाउनु । हरेक संसदीय मुलुकमा चुनावी जनादेशमार्फत प्राप्त आवधिक जिम्मेवारी पूरा गर्न पाउनु राजनैतिक दलको अधिकार नै हो । तर त्यो अधिकारमाथि अतिक्रमण गरियो ।

दलीय ह्वीप नलाग्ने भनी फ्लोरक्रस गर्ने सांसदलाई सभामुखले कारबाही नगर्दा अनुसाशनहीनता संस्थागत हुनपुग्यो । केवल एउटा दल दर्ताको लागि संसद अधिवेशन अन्त्य गर्ने र बोलाउने जस्तो गैरसंसदीय काम भयो । जसले संसदको नै अवमूल्यन गरेको छ ।

संसदीय प्रणालीमा नीति, सिद्धान्त र कार्यक्रम मिल्ने दलको बीचचमा गठबन्धन हुनु स्वभाविक थियो तर कुनै नीति, सिद्धान्त, कार्यक्रम नमिल्नेको बीचमा गठबन्धन गरी मन्त्रालयको संख्या बढाउनु देशहितको विरुद्धमा छ ।

देशका संवेदनशील विषयमा गठबन्धनकै दलका नेताहरुबीच फरक–फरक धारणा आइरहेका छन् । यसले उनीहरुबीच स्वार्थको मात्रै गठबन्धन भएको प्रष्ट हुन्छ । एमसीसी मात्रै होइन, अरु धेरै मुद्दमा गठबन्धनका दलहरुबीच मत एक छैन । यसबाट प्रष्ट हुन्छ कि यो अपवित्र गठबन्धन हो ।

यो गठबन्धन कमिसन, कमिसन, भ्रष्टाचार, अनैतिकता, व्यक्तिवाद, चाकडीवाद, परिवारवाद, पद र पैसाप्रतिको आशक्तिमा रुमल्लिएको छ । यो दुर्भाग्यपूर्णस्थित हो । आजको प्रमुख आवश्यक्ता भनेको देशमा स्वतन्त्र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रका लागि उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउँदै दलाल र विचौलियाको हातबाट श्रमको वास्तविक मूल्य जनताको हातमा ल्याउने, आयात प्रतिस्थापन र निर्यातको प्रवद्र्धन गर्ने निति, योजना र कार्यक्रमका साथ वैदेशिक परनिर्भरता, उपभोक्तावादी सँस्कृति र व्यापार घाटा रोक्नु हो ।

विदेशमा रगत पसिना बगाएर युवकाले पठाएको रेमिट्यान्सबाट देश चल्ने स्थिति हुनु दुखद पाटो हो । यो अवस्थाको अन्त्य गर्नु हाम्रो चाहना हो । अबको समाज उत्पादनशील, प्रगतिशील र कर्मशील हुनुपर्छ । यसका लागि नागरिक र सरकारबीच संयोजन हुनुपर्छ । श्रमको सम्मान र सामूहिक भावको विकास हुनपर्छ ।

अबको यात्रा समृद्धिको हो । यस यात्रामा नागरिकका निजी सपनालाई राज्यको योजनासँग जोड्ने अभियान संचालन गर्नु पर्दछ । हालको राजनीति र राजनैतिक एजेण्डा वितरणमुखी छ । अबको राजनीति संकलनतर्फ हुनुपर्छ । तब मात्रै मुलुक र नागरिकको जीवनस्तरमा रुपान्तरण सम्भव छ ।

(लेखक नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *