राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा संयन्त्र बनाउने गठबन्धनको निर्णय – Nepal Press

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा संयन्त्र बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेको छ ।

गठबन्धनको समन्वय समितिको आज बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई निर्वाचित गराउन आग्रह गरेको हो । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय समेत गरेको छ ।

‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ’, समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने । कार्कीका अनुसार माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत संयन्त्रले नै प्रचार र परिचालनको काम गर्नेछ । संयन्त्रमा सबै पार्टीको प्रदेश समितिको अध्यक्ष/सभापति र आवश्यकताअनुसार अन्य नेता रहने छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सातै प्रदेशमा संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको सफलताको कामना समेत गरेको छ ।

राष्ट्रियसभाको १९ सीटका लागि हुने निर्वाचनमा कांग्रेसले ६ , माओवादीले ५, नेकपा एसले ५ , जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेगरी चुनावी तालमेल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर