लुम्बिनी पूर्वाधार विकास प्राधिकरणका सीईओ मजगैयाँलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

लुम्बिनी पूर्वाधार विकास प्राधिकरणका सीईओ मजगैयाँलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत परिवर्तनको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले प्रदेश सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यसअघिका सीईओ ध्रुब मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई गरिएको नियुक्ति कार्यान्वयन नगर्न आदेश दिएको हो । ४ वर्ष नियुक्ति पाएका मजगैयाँको कार्यकाल बाँकी रहँदै लुम्बिनी सरकारले असोज २२ गते घिमिरेलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

आफ्नो कार्यकाल बाँकी रहेको समयमा प्रदेश सरकारले अर्को व्यक्तिलाई नियुक्त दिएको भन्दै मजगैयाँले आफ्नो पुनर्वहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर