एमाले रोल्पा सचिव रोकाको हृदयघातबाट निधन – Nepal Press

एमाले रोल्पा सचिव रोकाको हृदयघातबाट निधन

रोल्पा। नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ।

४७ बर्षीय रोकालाई हिजो हृदयघात भएको थियो । उपचारमा लैजाने क्रममा उनको निधन भएको हो ।

उनी रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी हुन् । रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर