रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको शीर्ष १६ मा – Nepal Press

रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको शीर्ष १६ मा

काठमाडौं । रियल मड्रिड र बार्सिलोना स्पेनिस नकआउट प्रतियोगिता कोपा डेल रेको शीर्ष १६ मा प्रवेश गरेका छन् । बुधबार राति दुवै टोलीले आआफ्नो खेलमा जित हासिल गरे ।

भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ गोलअन्तरले हरायो । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाती रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले नै एउटा सान्त्वना गोल गरे ।

अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डेपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्‍यो । पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाका लागि ओस्मान डेम्बेले र फेरान जटग्लाले १–१ गोल गरे ।

यसअघि डिपोेर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे ।

बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर