चिसो बढेपछि बाँके र बर्दियाका सरकारी विद्यालय बन्द – Nepal Press

चिसो बढेपछि बाँके र बर्दियाका सरकारी विद्यालय बन्द

रुपन्देही । तराईमा बढ्दै गएको शीतलहरका कारण चिसो अत्याधिक बढेपछि बाँके र बर्दियाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । सरकारी विद्यालय बन्द गरिएपनि केही निजी विद्यालयहरु भने बन्द गरिएको छैनन् ।

चिसो बढेपछि विद्यालयमा पढ्न आएका बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादवले बताए ।

उनका अनुसार पालिकाहरुले विद्यालय बन्दका आ–आफ्नो मापदण्ड तय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ बुधबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताए ।

अन्य पालिकाहरु खजुरा र नरैनापुरमा भने सबै विद्यालय बन्द गरिएका छन् । ती विद्यालय पनि तीन दिनकै लागि बन्द गरिएको हो ।

अत्यधिक चिसोसँगै चलेको हावाले जनजीवन प्रभावित भएपछि बर्दियाका अधिकांश पालिकाले दुईदेखि चार दिनसम्म विद्यालय बन्द गरेका छन् । गुलरिया नगरपालिकाले पुस २२ देखि २५ सम्म आफ्नो पालिकाभित्र पर्ने विद्यालय बन्द गराएको छ ।

शिक्षा‚ युवा तथा खेलकुद शाखाका प्रमुख शतिश यादवले चिसो बढेका कारण बालबालिका निकै प्रभावित भएकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाए । थप चिसो बढे गर्मी बिदामा कटौती गरी विद्यालय बन्द गरिने छ ।

चार दिनयता जिल्लामा चिसोसँगै बाक्लो हुस्सु लागेकाले बारबर्दिया र मधुवन नगरपालिकाले पनि केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर