मन्त्रिपरिषदमा आलेको प्रश्न : राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन गणतन्त्र ल्याएको हो ? – Nepal Press

मन्त्रिपरिषदमा आलेको प्रश्न : राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन गणतन्त्र ल्याएको हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन् ।

मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन् ।

आलेले मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ ।

मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने कुरा बाहेक मन्त्रीस्तरबाटै निर्णय गरेर सार्वजनिक सम्पत्तिहरुको संरक्षणका कदम चाल्ने जानकारी गराएका थिए ।

‘गणतन्त्र ल्याएको राजाका करोडौका सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिनको लागि हो ? नारायणहिटी संग्राहलयमा आज कसैले क्याफ्टेरिया खोल्छ,भोलि वाइन सप खोल्छु भनेर अर्को आउला यसरी दिने हो कि संरक्षण गर्ने हो’ मन्त्री आलेको भनाइ थियो ।

अरु मन्त्रीले पनि उनका पछिल्ला कदमको प्रशंसा गरेका थिए । आलेले पर्यटन बोर्डका सिइओ हटाउन छानविन समिति गठन गरेका छन् ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषदमा आलेको प्रश्न : राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन गणतन्त्र ल्याएको हो ?

  1. धन्यबाद आले कामरेड हजुर लाई धेरै पढे लेखेका अनि डाक्टर हरुले गर्न नसकेको आँट हिम्मत आले कामरेड ले गर्नु भएको मा नमन् अनि लाल सलाम गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर