महालक्ष्मी विकास बैंकले बाँसगढीलाई दियो ट्री गार्ड – Nepal Press

महालक्ष्मी विकास बैंकले बाँसगढीलाई दियो ट्री गार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बाँसगढी नगरपालिकालाई ट्री गार्ड प्रदान गरेको छ ।

बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिकालाई बर्दियाको महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षण गर्ने उद्देश्यका साथ दश थान ट्री गार्ड प्रदान सहयोग स्वरुप प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द र बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेललगायतको सभागिता रहेको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने
बैंकले जनाएको छ ।

सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै २७ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर