नेपाली कामदारका लागि इजरायलको हवाइ भाडादर ६० हजार – Nepal Press

नेपाली कामदारका लागि इजरायलको हवाइ भाडादर ६० हजार

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा जाने नेपालीका लागि हवाइ भाडादर ५९ हजार ९९० रुपैयाँ कायम गरेको छ । कामदार आँफैले बुझाउनु पर्ने एक तर्फकाे भाडा वैदेशिक रोजगार विभागले प्रतिस्पर्धाबाट कायम गराएको हो ।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा ११७५ नेपालीलाई सहायक कामदारमा लग्ने तयारी गरेको छ ।

नेपाली कामदारका लागि हवाइ भाडादरको आठ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । यी मध्ये सबै भन्दा कम सी लिंक होलिडे प्रालिले हवाइ उडानको जिम्मा पाएको विभागले जनाएको छ ।

कम्पनीले एक पटक ट्रान्जिट गरी त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट इजरायलको बेन गुरियन विमानस्थलसम्म कामदारलाई पुर्‍याउने सम्झौता गरेको छ ।

कामदर ठगिनबाट बचाउन विभागले सस्तोदरमा टिकटको व्यवस्थापन गरेको विभागका लेखा अधिकृत रमा पोखरेलले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर