हङकङद्वारा भारतसहित आठ मुलुकसँगको हवाइ उडानमा रोक – Nepal Press

हङकङद्वारा भारतसहित आठ मुलुकसँगको हवाइ उडानमा रोक

हङकङ । आफ्नो मुलुकसँग हुने विदेशी उडानमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि हङकङले भारतसहितका आठ मुलुकसँगको उडानमा प्रतिबन्ध लगाएको छ । ओमिक्रोन भेरिअन्ट संक्रमण फैलन सक्ने भन्दै उसले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि रोक लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा बढेकाले हवाई उडान बन्द गर्नुपरेको हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन् ।

ओमिक्रोन संक्रमण नियन्त्रणका लागि हङकङले एक वर्षयताकै सबैभन्दा कडा रुपमा सतर्कता अपनाइरहेको छ । हवाई उडानबाहेक हङकङले साँझ ६ बजेपछि रेस्टुरा‚ बार‚ जिमखाना‚ सभा सम्मेलन लगायतका कार्यक्रममा समेत प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर