टाइम्स र रोयल अनमोल स्मृति बास्केटबलको सेमिफाइनलमा – Nepal Press

टाइम्स र रोयल अनमोल स्मृति बास्केटबलको सेमिफाइनलमा

काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

चण्डोलस्थित बिशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा बुधबार टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदीश प्रधानले २० अंक योगदान गरे । चारै क्वाटर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्यो ।

अजय कुश्वाहाको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो । पहिलो क्वाटरमा २१–६ को अग्रता बनाएको रोयल दोश्रोमा १८–२१ ले पछि पर्यो । रोयलले तेश्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पराजित गर्यो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । दोश्रो क्वाटर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२–११, तेश्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्‍यो ।

अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेमाथि ७९–५७ को जित निकालेको थियो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे ।

पहिलो क्वाटरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै सहज जित निकाल्यो। गोल्डेनगेटले दोश्रो क्वाटर २०–१२, तेश्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्यो ।

लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्ने छ । यहि खेलले सेमिफाइनल समीकरण तयार गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर