अतिरक्त शुल्क विवादले तनावग्रस्त नोवेल कलेजमा तालाबन्दी – Nepal Press

अतिरक्त शुल्क विवादले तनावग्रस्त नोवेल कलेजमा तालाबन्दी

काठमाडौं । एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्कतिर्न दबाब दिएको विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त बनेको छ।

चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले नोवेलमा तोडफोड गरेका छन् । कलेज प्रशासनमा तालाबन्दी गर्नेक्रममा विद्यार्थी संगठनका नेता र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी नेता घाइते भएका छन् ।

आन्दोलनमा उत्रिएका एक विद्यार्थीका अनुसार प्रहरी र चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थीहरुबीच धकेलाधकेल भएको थियो । उनीहरु कलेजको ग्रिल फोडेर कलेजभित्र गएका थिए।नारबाजी चर्किएपछि यहाँ पुलिसले रोक्न खोजेको थियो ।

प्रशासनमा पनि तोडफोड भएपछि प्रहरीले बाध्य भएर यिनीहरुलाई ताला लगाउन दे नत्र यिनीहरुले जे पनि गर्छ भनेर तालाबन्दी गरेर आएको एक विद्यार्थीले नेपालप्रेसलाई बताए । यसअघि नोबेलमा तालाबन्दी भएको थिएन ।

आन्दोलनरत विद्यार्थीहरुले कलेज अगाडि कलेज प्रशासनलाई अतिरिक्त शुल्क भन्दै सुनिल शर्माको नाममा सांकेतिक रुपमा कागजको रकम संकलन समेत गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले बार्ताको लागि मंगलबार एक दिनको अल्टिमेटम दिएकोआन्दोलनरत एक विद्यार्थीले बताए ।

उनले भने,‘ हामीले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क तिर्दैनौ हामीलाई पढ्ने वातावरण बनाइदिन भनेर आइतबारदेखि शान्तिपुर्ण आन्दोलन गरिराखेका थियौ । कलेजले हामीसँग वार्ता गर्न पहल नगरेपछि हामीले एक दिनको अल्टिमेटम दिएका थियो । हिजो हामीले प्रशासनले वार्ता नगरे तालाबन्दी गर्छौै भनेर एक दिनको अल्मिेटम दिएका थियौ वार्तामा नआएपछि आज कलेजमा तालाबन्दी गरेका छौं । ’

उनका अनुसार कलेजले अतिरिक्त शुल्क लिने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहनेछ ।

कलेलले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि अध्ययनरत विद्यार्थी थप आन्दोलित भएका थिए ।

शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी नतिर्ने भन्दै उनीहरू आन्दोलित बनेका हुन् । आयोगले तोकेको भन्दा बढी शुल्क लिन विद्यार्थीलाई दबाब दिन खोजेपछि एमबीबीएस पढ्ने बिद्यार्थीको संगठन चिकित्सा शिक्षा संघर्ष समितिका प्रतिनिधिसमेत विराटनगर आएका थिए ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् ।

कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको छ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीको पठनपाठन रोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *